सरस्वती क्षेत्रीको मृगौला प्रत्यारोपण सहयोग अभियान

Project Problem Details

सरस्वती क्षेत्रीको घर गन्यापधुरा गाउपालिका वडा नं. १ डडेलधुरा हो । उहाँ अहिले आमासँग काठमाण्डौमा बस्नुहुन्छ । सरस्वती बिगत ३ बर्षदेखि मृगौला रोगबाट पिडित हुनुहुन्छ । उहाँको २ वटै मृगौलाले काम गर्दैनन । घरको आर्थिक अवस्था एकदमै नाजुक रहेको सरस्वतीलाई वृद्घ आमाको हेरचाह गर्नु त छदै छ त्यस माथि आफु पनि मृगौलाको रोगबाट ग्रसित हुनु भएपछि झन समस्या भएको छ । परिवारको छाक टार्न धौ धौ पर्ने सरस्वतीलाई आफू विरामी भएपछि जीवन गुजारा गर्न झन गाह्रो भएको छ । घर परिवारको जिम्मेवारी आफ्नै काँधमा रहेको सरस्वतीलाई औषधि उपचार गर्नका खर्चको अभाव रहेको छ । हप्ताको २ पटक नेशनल किड्नी सेन्टरमा डायोलाइसिस गर्दै आउनुभएको सरस्वतीलाई डाक्टरले मृगौला प्रत्यारोपण गर्नको लागि सिफारिस गरेको छ ।

Project Solution Details

सरस्वतीको स्वास्थ्य सुधारका लागि मृगौला प्रत्यारोपण गर्नु आवश्यक छ । उहाँको लागि मृगौला दिने आफ्नो आफन्त कोही पनि छैनन् । मृगौला प्रत्यारोपण र अपरेशनका लागि ठुलो धन राशिको आवश्कता पर्दछ । उहाँलाई प्रत्यारोपणका लागि चाहिने मृगौला, औषधि उपचारका लागि ४० लाख रुपैयाको जरुरत पर्दछ ।कुनै पनि स्रोत मार्फत रकम जुटेको खण्डमा मृगौला प्रत्यारोपण गर्न सकिन्छ ।

Result Output Details

यो अभियान शुरुवात चलाउनुको उद्देश्य भनेको सरस्वती क्षेत्रीको शारिरीक अवस्थामा सुधार गरी स्वास्थ्य अवस्थाको विकास गर्नु हो । उहाँको शारिरीक अवस्था पुर्ण रुपले निको भए पछि उहाँ घर परिवारमा काममा फर्केर सहयोग गर्न सक्नुहुन्छ । उहाँको स्वास्थ्य लाभ भएपछि उहाँले वृद्घ आमाको हेरचाह गर्न सक्नुहुन्छ । यस कार्यका लागि हामी सबैको सहयोग, सहकार्य र हातेमालोको जरुरत आवश्यक पर्दछ ।

Read More..

Updates

About the Campaign

Reports

Comments

Use Facebook to comment on this post

Published Date: 09-Sep,2019
Finish Date: 31-Dec,2019
USD 4166 Raised of USD 35600.00 Goal
12% Raised
3 Donors
100Days Left