मृगौला रोगी निमकला भट्टटराई उपचार सहयोग अभियान/Kidney patient Nimkala Bhattatarai treatment co-operation campaign

Project Problem Details

पश्चिम नेपालको नवलपरासी जिल्ला कावासोती नगरपालिका वडा नं. ६ घर भई हाल भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स टिचिङ हस्पिटलमा उपचार गराउदै आएको मेरो छोरी निमकला भट्टराई वर्ष २८ को दुवै मृगौला फेल भएको कारण उपचारार्थ सहयोगको अपिलको लागि सम्पुर्ण देश तथा विदेशमा रहनु भएका दाजु भाई तथा दिदी बहिनीहरुमा आर्थिक अवस्था कमजोर भएको कारण म टिकाराम भट्टराईले यस सोसाईटी डेभलपमेन्ट फाउण्डेशन मार्फत आवश्यक सहयोग संकलनको लागि हार्दिक अपिल गर्न चाहन्छु ।
मेरो छोरी विगत ५ वर्ष देखि दुवै मृगौला फेल भएको र हाल सम्म पनि उपचारको क्रममा मेरो भएको नगद तथा भौतिक जिन्सी पैत्रिक सम्पती समेत सकिसकेको छ । मैले छोरीको लागि नेपालको विभिन्न अस्पतालमा साथै भारतको विभिन्न ठुला अस्पताल समेतमा उपचार गराउदा पनि पुर्ण रुपमा ठिक भएको छैन । अब मेरो छोरीको दुवै मृगौला प्रत्यारोपण गनपर्नेु भएकोले म लगायत मेरो परिवारमा मृगौला दिनको लागि रगत समुह पनि नमिलेकोले मैले छोरीको लागि मृगौला किन्नु पर्ने भएको छ ।
हाल छोरीको लागि उपचारमा मैले ५ यता वर्षमा सबै सम्पति सकिसकेको भएकोले विभिन्न अभियन्ताका साथै मैले यो योजना बनाएर छोरी बचाउनको लागि यो योजना तयार पारेको हुँ । म के पनि अपिल गर्न चाहन्छु भने कोही कसैले मृगौला दान गर्न चाहनुहुन्छ भने पनि यहि सुचनालाई आत्मसाथ गरि बुझिदिनुहुन पनि अनुरोध गर्न चाहन्छु । हाल मैले छोरी बचाउनका लागि हप्तामा २ पटक देखि ३ पटक सम्म डायोलाईसिस गराउदै आएको छु । सम्पुर्णमा यो अपिल गर्दै के भन्न चाहन्छु भने, हजुरहरुले मन्दिर, मस्जिद, चर्चमा चढाउने भेटी रकमले मेरो छोरीको लागि दान गरिदिनुहुन आग्रह गर्दछु । मैले तपाईहरु समक्ष स्थायी ठेगाना समेतको परिचय खुलाई नागरिकता, स्थानीय तह तथा जिल्ला प्रशासनको सिफारिस पत्र समेतको सिफारिस समेतको प्रमाण सहित यो दुखःद घटनालाई सम्प्रेषण गरेको छु ।
My daughter, Nimkala Bhattarai, from Nawalparasi District of Western Nepal Municipality ward no. 6 is currently undergoing medical treatment of kidney fail at the College of Medical Sciences Teaching Hospital in Bharatpur Chitwan. I am Tika Ram Bhattrai, want to warmly appeal to all people to donate for the support need through this Society Development Foundation.
My daughter has had both kidney failure for the past 5 years and even now I have had cash and physical property inheritance during treatment. I have not been completely cured for my daughter yet in various hospitals in Nepal as well as in various large hospitals in India. Now that both of my daughter’s kidneys are to be transplanted, I have to buy a kidney for my daughter as she and my family have no matched of blood group to give her kidney.
Since I have completed all the assets in treatment for my daughter in the last 5 years, I have prepared this plan to save my daughter through various schemes. I would also like to appeal that if anyone wants to donate a kidney, I would like to request that the information be understood intimately. Currently, I have been doing dialysis 2 to 3 times a week to protect my daughter. All I want to say is that if you donate money to the temple, mosque, church, donations for my daughter.

Project Solution Details

निमकलाको स्वास्थ्य सुधारको लागि मृगौला प्रत्यारोपण गर्नु आवस्यक छ । किनकि उहाँ शिक्षा क्षेत्रमा एकदम अब्बल भएको कारणले उहाँलाई बचाउन सकारात्मक सोच गर्नु राम्रो हुन्छ । निमकलाको मृगौला प्रत्यारोपणको लागि परिवारका सदस्यहरुसँग रक्त समुह नमिलेको कारण मृगौला समेत किन्नु पर्ने बाध्यता रहेको छ । विभिन्न दातृ, निकाय, संघसंस्था तथा ब्यक्तित्वहरुको आर्थिक सहयोग मार्फत निमकलाको सफल उपचार गर्न सकिन्छ । यसका लागि करिब ७ लाख रुपैयाको आवश्यक पर्दछ ।
A kidney transplant is necessary to improve and recovery her health. Because she is very capable in education, it is good to think positively to save her. For kidney transplantation of Nimkala, family members have to buy kidney due to lack of blood group match. Successful treatment of Nimkala can be done through the financial support of various donors, agencies, organizations and individuals. For this, around Rs 7 lakhs is required.

Result Output Details

यो अभिप्राय चलाउनुको उद्देश्य निमकला भट्टराईको शारिरीक स्वास्थ्यमा सुधार गरि स्वास्थ्य क्षेत्रमा गुणात्मक विकास गर्नु मात्र नभई आम नेपालीको लागि एक प्रमुख ब्यक्तित्व विकासको लागि र देशको एक होनहार देशको चालकको रुपमा उहाँलाई देख्न सकिन्छ भन्ने विश्वासका साथ हामी लागीपर्नु जरुरी देखिन्छ ।
The purpose of using this campaign is not only to improve the physical health of Nimkala Bhattarai, but also to make qualitative development in the health sector and to develop a leading personality for the common Nepalese and believe that she can be seen as the guidance of a promising country.

Read More..

Updates

About the Campaign

Reports

Comments

Use Facebook to comment on this post

Published Date: 19-Sep,2019
Finish Date: 31-Dec,2019
USD 4991.06 Raised of USD 20915.00 Goal
24% Raised
2 Donors
100Days Left

Project Leader:

Tikaram Bhattrai